bg_image
#सन्देश
अध्यक्षको सन्देश

आदरणीय लगानीकर्ता तथा सरोकारवाला महानुभावहरू,
नमस्कार।

“सानो पूँजी, ठूलो अवसर राष्ट्र निर्माणमा” भन्ने हाम्रो मूल नाराका साथ स्थापना भएको पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड साना लगानीकर्ताहरूलाई पनि ठूला र बहुआयामिक परियोजनाहरूको हिस्सा बनाउने दृढ उद्देश्यले अगाडि बढिरहेको छ।

हामीले छोटो अवधिमै दिगो ऊर्जाको क्षेत्रमा सफल र प्रतिफलमुखी लगानी गर्दै हाम्रो प्रतिबद्धता र क्षमताको स्पष्ट प्रमाण प्रस्तुत गर्न सफल भएका छौं। देश तथा विदेशमा छरिएर रहनु भएका आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबाट प्राप्त लगानी र अपार विश्वासले हामीलाई थप ऊर्जा, जिम्मेवारीबोध र नवीन दृष्टिकोणसहित अघि बढ्न प्रेरणा दिएको छ।

हामी विश्वासका साथ भन्न चाहन्छौं कि हाम्रो लगानी निष्क्रिय, अल्पकालीन वा जोखिमपूर्ण क्षेत्रमा सीमित रहने छैन। बरु, दिगो प्रतिफल, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने परियोजनाहरूमा केन्द्रित रहनेछ।

हाम्रो लक्ष्य छ— साना पूँजीधारकहरूलाई एकीकृत गर्दै, नेपालजस्ता विकासोन्मुख राष्ट्रमा समावेशी आर्थिक समृद्धिको मार्ग निर्माण गर्ने। यस यात्रामा तपाईंहरूको साथ, विश्वास र सहभागिता हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

पुनः एकपटक हार्दिक धन्यवाद व्यक्त गर्दै, आगामी दिनहरूमा अझ प्रभावकारी र लाभदायक सहकार्यको अपेक्षा गर्दछु।

धन्यवाद।
लाल प्रसाद साँवा लिम्बु
अध्यक्ष
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड