पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड एक पब्लिक लिमिटेड कम्पनी हो, जसले ऊर्जा, पर्यटन लगायतका विभिन्न क्षेत्रहरूमा लगानी गरी दिगो प्रतिफल र दिगो आर्थिक विकास सुनिश्चित गर्दै, एकातिर लगानीलाई प्रतिफलमुखी बनाउने र अर्कातिर रोजगारी सृजना मार्फत राष्ट्र निर्माणमा योगदान पुर्याउने लक्ष्यका साथ स्थापना भएको हो। कम्पनी रेजि. नं: २५८४०६/०७७/०७८ अन्तर्गत आधिकारिक रूपमा दर्ता गरिएको छ।
देशमा लोडसेडिंगको महामारी चलिरहेको बेला २०७० सालमा पुष्पलाल इनर्जी को अपरेटिभ दर्ता भएको थियो। जसको उद्देश्य इनर्जी को क्षेत्रमा लागनी गर्नु थियो। तर कानुनी प्रकियामा जाँदा अपरेटिभको माध्यमबाट लागनी गर्न नमिल्ने देखिएको हुँदा सोहि कम्पनि पुष्पलाल इन्भेष्टमेन्ट कम्पनि लिमिटेडको रुपमा रुपान्तरण भएको हो।
"सानो पूँजी, ठूलो अवसर राष्ट्र निर्माणमा" भन्ने नाराका साथ हामी साना लगानीकर्ताहरुलाई समेत ठूला र बहुआयमिक परियोजनाहरूमा सहभागी गराउने योजनासहित कार्य गर्दै आएका छौं। हाल हामीले ऊर्जा र पर्यटन क्षेत्रलाई प्रमुख लगानीको रुपमा अघि बढाएका छौं भने, निकट भविष्यमा थप बहुआयमिक र प्रतिफलमुखी परियोजनाहरूमा लगानी गर्ने दृढ संकल्पका साथ अघि बढिरहेका छौं।
हामी साना लगानीकर्ताको उद्देश्यपूर्ण लगानीमा विश्वास गर्छौं। छरिएर रहेका साना पूँजीधारकहरूलाई एकीकृत गरी ठूला परियोजनामा सहभागी गराउने हाम्रो उद्देश्यले परियोजनामा पर्न सक्ने पूँजीको अभाव हटाउने मात्र नभई, दीर्घकालीन आम्दानी हुने अवसरहरूमा साना लगानीकर्ताको पहुँच सुनिश्चित गर्न समेत सहयोग पुर्याउँछ।